पहिले पहिले को कुरा , अहिले आएर असान्दर्भिक लाग्न थाल्यो | यो आफ्नो पढाईको साथ साथै ब्यक्तिगत स्वाभाब मा पाएको छु | ती दिन हरु - बीचरा । आफै लाई आफु घाटदै गएको महसुस भएको कुरा सामान्य हुँदै थियो । सम्योग भनु य बध्यता , समय ले रेखा कोर्दो रहेछ । पाइला चाल्नु नयापन भयो, र यो जारी रहने छ । कहिले समय भन्दा अघी भयो, कहिले पछी । तर, यो युयुत्सु अबिरल अबिराम लग्ने छु । रोकिएको थियो बाटो, अब फोहर सफा गर्दै हिंड्नु छ । अरुको कुरा गरेर बिताएको दिन हरु फिर्ता त हुँदैनन्, तर आउने दिन हरुमा आफ्नो कुरा बनाउने परिकल्पना सजाएको छु । सबैको सहयोग (असहयोग्) प्रती म आभारी रहने नै छु । परिवार बाट टाढा हुनु निस्चय नै नरमाइलो महसुश भएको छ । यो पनि जिन्दगी कै अर्को सङ्हर्शा जस्तै भयो । पलायन हुनु पनि युद्द कै अर्को भाग रहेछ । यहाँ पनि त्यस्ता प्रबृत्ती नभएको भने होईन, तर यहाँ सिस्टम भित्र सबै को पहिचान छ । संसार को यथार्थ - समय छोटो छ, र संसार आफै सानो छ । त्यसैले, सबैलाई सबैको कुरा थाहा हुन्छ । कम्तिमा पनि यो मेरो सन्तोस को श्वास हो । हत्यारा, घुस्याहा र बेइमान बाहेक सबैको भलो होस ।